एनआरएनए अस्ट्रिया निर्वाचनमा विनाेद चाैलागाईंकाे नेतृत्व विजयी

लाेकपाटी न्यूज

काठमाडाैं, १० साउन । संसारभर छरिएर रहेका नेपालीहरुकाे साझा संगठन एनआरएनएकाे निर्वाचन विभिन्न देशमा भइरहेकाे छ । यसै क्रममा अस्ट्रियामा पनि हालै निर्वाचन सम्पन्न भएकाे छ ।

एनआरएनए संसारमा छरिएर रहेका ५० लाख भन्दा बढी नेपालीहरुको साझा संगठन हो । जसकाे निर्वाचन हरेक २ बर्षमा हुने राष्ट्रिय समन्वय परिषदको निर्वाचन आइसिसि निर्वाचन हुनुभन्दा २ महिना अगावै भैसकेको हुनुपर्ने हुन्छ ।

धेरै महादेशमा राष्ट्रिय महाधिवेशन सुरु भैसकेकाे पनि छ। युरोप महादेशका २८ वटा मुलुकमा अस्ट्रिया निर्वाचनबाट प्रगतिशील बिचार राख्ने बिनोद चौलागाईंको नेतृत्वले विजय प्राप्त गरेकाे छ ।

यो अस्ट्रियाको निर्वाचनले पुरै युरोपका अन्य राष्ट्रिय अधिबेशनलाई प्रभाव पार्ने देखिन्छ। निर्वाचन जित्न मा प्रगतिशील बिचार राख्ने नेपाली समाज युरोपमा एक हुनुको महत्व यसै निर्वाचनले देखाएको हाम्रा सम्वाददाता पुर्ब एनआरएन अस्ट्रियाका अध्यक्ष प्रवासी नेपाली एकता समाजका प्रस्तावित अध्यक्ष धर्मराज खतिवडाले बताए ।

उनका अनुसार यो अस्ट्रियाको मात्र जित नभएर यसले सबै राष्ट्रिय अधिवेशनलाई नै प्रभाव पार्ने देखिन्छ । तसर्थ सम्पुर्ण प्रगतिशील शक्तिहरु एक हुनको विकल्प छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्