लिबिया, १० साउन । अफ्रिकी मुलुक लिबियाको तटीय क्षेत्रमा आप्रवासी बोकेको एउटा डुंगा डुब्दा कम्तिमा ११५ जना बेपत्ता भएका छन्। डुंगामा सवार १३४ जनाको उद्धार गरिएको छ।
डुंगा दुर्घटना हुँदा बेपत्ता एकको भने शव भेटिएको छ। करिब २५० आप्रवासी बोकेको डुंगा दुर्घटनामा परेको हो। डुंगामा सवार अधिकांश अफ्रिकी र अरबी मुलुकका आप्रवासी भएको बताइएको छ।
लिबियाको राजधानी त्रिपोलीबाट करिब १२० किलोमिटर टाढा रहेको एक शहरबाट ठूलो संख्याका आप्रवासीहरु भूमध्यसागर पार गर्न डुंगामा चढेका थिए। सबै आप्रवासी एउटै डुंगामा थिए कि फरक–फरक डुंगामा चढेका थिए भन्ने खुलेको छैन।



लाेकपाटी न्यूज

