फेसबुकमा फोटो पोष्ट गरेको एकैछिनमा डाक्टरको जागिर चैट

लाेकपाटी न्यूज

काठमाडौँ। म्यानमारको मेडिकल काउन्सिलले एकजना महिला डाक्टरको लाइसेन्स रद्द गरिदिएको छ। मोडेलसमेत रहेकी ती सुन्दरी डाक्टरले छोटो कपडा लगाएर खिचेको फोटो फेसबुकमा अपलोड गरेकै आरोपमा उनको लाइसेन्स खारेज गरिएको सञ्चार माध्यमहरुले जनाइएका छन्।

२८ वर्षकी नाङ मवे साङले प्रायः आफ्नो फेसबुकबाट बोल्ड तस्वीरहरु सार्वजनिक गर्दे आएकी थिईन। जसलाई उनले पछिल्लो पटक पनि निरन्तरात दिईन।अहिले उनले आफ्नो स्वतन्त्रताको हनन गरिएको गुनासो गर्दे लाइसेन्स रद्द गर्ने मेडिकल काउन्सिलको निर्णयको उनले विरोध जनाएकी छन।

तर, उनको पहिरन आपत्तिजनक रहेको र म्यानमारको संस्कृतिको विरुद्धमा रहेको मेडिकल काउन्सिलले ठहर गरेको हो। कारवाही गर्नुअघि काउन्सिलले नाङ्गलाई त्यस्ता तस्वीर फेरी फेसबुकमा अपलोड नगर्न तथा पुराना तस्वीरहरु हटाउन चेतावनी दिइसकेको छ। तर, उनले भने मानिरहेकि छैनन्। उनको विवादित तस्विरमा १८ हजार लाइक र ५६ सय कमेन्ट आएका छन्।

उनलाई काउन्सिलले सोधेको छ, ‘तपाई एक पेशेवर चिकित्सक हो। यदी तपाईलाई मोडलिङ अथवा चिकित्सक मध्ये एक रोज्नुपर्छ। तपाई दुवै लिन सक्नुहुन्न किनभने यी दुई एकअर्काका विरोधी हुन्।’

अस्पतालमा आफूले डाक्टरकै पहिरन लगाउने र निजी जीवनमा आफूले चाहे जस्तो कपडा लगाउने उनले काउन्सिललाई जवाव दिएको बताइएको छ। एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्