काठमाडौं, ९ साउन । स्कूल विभागका कारण नेकपाको सचिवालय बैठक फेरि स्थगित भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को केन्द्रीय सचिवालय बैठक पुन स्थगित भएको छ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेताहरुबीच सहमति जुट्न नसकेपछि स्थगित भएको छ।यसअघि मंगलबारका लागि बोलाइएको बैठकअघि नेताहरुबीच कुरा नमिलेपछि बैठक आजका लागि बोलाइएको थियो।
नेकपामा स्कुल विभागको नेतृत्वका विषयमा कुरा मिल्न सकेको छैन। पूर्वमाओवादीका तर्फबाट प्रवक्ता नारायणकाजीलाई स्कुल विभागको जिम्मेवारी आफूले पाउने पर्ने अडान लिएका छन् भने पूर्वएमालेका तर्फबाट पक्षधरले ईश्वर पोखरेलले उक्त विभागमा दाबी गरिरहेका छन्।



लाेकपाटी न्यूज

