काठमाडौँ, ९ सउन। नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज दिउँसो २ बजेपछि बस्दैछ। बैठकका लागि समसामयिक सहित १४ वटा एजेन्डा तय भएका छन्।
यस अघि मंगलबार बस्ने भनिएको बैठक दुई दिन पछि सारिएको थियो। कांग्रेसले गएको असार २९ गते नियमावली पारित गरेको थियो।
बैठकमा १४ औँ महाधिवेशनको कार्यतालिका, भातृ संगठनहरुको अधिवेशन, एकीकृत भएका स्थानीय तहका अधिवेशन लगायत विषयमा छलफल हुने जनाइएको छ।



लाेकपाटी न्यूज

