मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। मित्र वा आफन्तको सहयोग मिल्नेछ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। छोटो दुरीको लाभदायक यात्रा हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा निरासा र शरीरमा आलस्य आउला। दबाब र तनाव बढेको महसुस हुनेछ। प्रेमी र प्रेमिकाकाबिच खिन्नता बढ्नेछ। अनावश्यक यात्रा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। बौद्धिकताको विकास हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। कूटनीतिक नियोगको सहयोग मिल्ला। पुनर्मिलनको योग पनि रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। साँझपख शुभ समाचार आउन सक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ। मनमा प्रसन्नता छाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कीर्तिमानी काम गर्ने समय छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ। धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मान्यजनसँग भेटघाट हुने र शत्रुमाथि विजय प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। श्रममूलक वा कृषिक्षेत्रका काममा मन जाने छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मुद्दा मामिला आइलाग्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। प्रेमी-प्रेमिकाकाबिच खिन्नता बढ्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मान प्रतिष्ठामा बृद्धि होला। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। लगनशीलताले कामहरु अगाडी बढ्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।



लाेकपाटी न्यूज
