विप्लव नेतृत्वकाे नेकपाका नेता श्रेष्ठ जेल चलान

लाेकपाटी न्यूज

बुटवल, ८ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य वसन्त श्रेष्ठलाई धरौटी रकम नबुझाएका कारण जेल चलान गरिएको छ ।

पूर्वी ताम्सालिङ्ग इन्चार्ज समेत रहेका श्रेष्ठलाई रुपन्देही जिल्ला अदालतले ४ हजार धरौटीमा छाड्ने आदेश दिए पनि सो रकम नबुझाएका कारण अदालतले श्रेष्ठलाई आज कारागार चलान गरेको हो ।

रुपन्देहीमा लामो समय राजनीति गरेका श्रेष्ठलाई सोमबार काभ्रेमा पक्राउ गरिएको थियो । काभ्रे जिल्ला अदालतबाट धरौटीमा रिहाई भएलगत्तै पुनः गिरफ्तार गरी रुपन्देही ल्याएको हो ।

विस्फोटक पदार्थ मुद्धामा आज भएको थुनछेक बहसपछि रुपन्देही जिल्ला अदालतका न्यायाधीश भिमलाल बेल्वासेको इजलासले श्रेष्ठलाई ४ हजार धरौटीमा छाड्ने आदेश दिएको र धरौटी रकम नबुझाएपछि जेल चलान गरिएको जनाइएकाे छ ।