रुपन्देही, ७ साउन । नेपाल औषधी व्यावसायी संघ कपिलवस्तुको अध्यक्षमा डा. धर्मराज भट्टराई चयन भएका छन् । तौलिहवामा सम्पन्न प्रथम अधिवेशनबाट भट्टराई अध्यक्ष बनेका हुन् ।
नेपाल औषधी व्यवसायी संघ अञ्चल शाखा बुटवलको आयोजनामा रहेको प्रथम नेपाल औषधी व्यवसायी संघ कपिलवस्तुको उपाध्यक्षमा विक्रम थापा, महासचिवमा मनिराम पाण्डे, सचिवमा महेन्द्र विस्ट, कोषाध्यक्षमा मोतिराज शर्मा र सहकोषाध्यक्षमा सफउल्ला खाँ निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरुमा गोपाल खनाल, वेदुराम पोख्रेल, महेश रानाभाट लागाएत ९ सदस्य कार्यसमिति चयन भएको नवनिर्वाचित अध्यक्ष डा. धर्मराज भट्टराईले जानकारी दिए ।
नवर्निवाचित अध्यक्ष भट्टराईले औषधी व्यवसायीका चुनौतीहरुलाई समाधन गर्ने तर्फ आफू लागी पर्ने बताएका छन् । औषधी व्यवसायी संघमा देखिएका चुनौतिहरु खुल्ला सिमाना, लागूऔषध दुरुपयोग, जनचेतनाको कमि , औषधी व्यवस्था विभागसँग सहकार्य, विना दर्ता खोलिएका औषधी पसलको व्यवस्थापन र राज्यसँग समन्वय लगायत संघमा देखिएका चुनौतिहरुलाई समाधानका निम्ति योजनाबद्ध तरिकाले अगाडि बढ्ने बताए ।
अध्यक्ष भट्टराईले नेपाल औषधी व्यवसायी संघ कपिलवस्तुको तिन बर्षे कार्यकालमा सबै पदाधिकारीहरुका साथै औषधी व्यवसायीहरुसँगको समन्वय र सहकार्यमा अघि बढ्ने बताए।



लाेकपाटी न्यूज
