काठमाडौं, ७ साउन। मनसुनको सक्रियतासँगै आज (मंगलबार) पनि देशभरका अधिकांश भागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापिय रेखा (-Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित छ।
साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना छ।
अहिले देशका अधिकांश भु-भागमा सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षा भईरहेको मौसमविद वरुण पौडेलले जानकारी दिए। पश्चिमि भु-भागमा आंसिकदेखि सामान्य वदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको पनि पौडेलले बताए।
बाढी पहिरोको खतरा
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुशार मेघ गर्जनसहित पानी पर्ने भएकाले अधिकांश ठाउँमा पहिरो तथा बाढीको खतरा रहेको छ। पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ र देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
जसका कारणले ती क्षेत्रका पहाडी भू(भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। मौसमकै कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने महाशाखाको दाबी छ।
आज, साउन ७ गते (मंगलबार)
दिउँसो देशको पुर्वी र मध्य भु(भागमा पुर्ण बदली साथै पश्चिमी भु(भागमा सामान्य वदली रहि पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ।
देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ। राति देशको पूर्वी र मध्य-भागमा सामान्य बदलि देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ।
देशको पूर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ। पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
भोलि, साउन ८ गते (बुधबार)
दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशका केहि स्थानहरुमा भारि वर्षा हुनुका साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ।
राति देशभर सामान्य बदलि देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ, देशका केहि स्थानहरुमा भारि वर्षा हुने साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ।
पर्सी, साउन ९ गते (बिहिबार )
दिउँसो देशको पश्चिम तथा मध्य भू-भागहरुमा सामान्य देखि पुर्ण बदली र पूर्वी भूभागमा सामान्य बदली रही देशका पश्चिम तथा मध्यका अधिकांश स्थानहरुमा र पूर्वी भू-भागको केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षाको सम्भावना छ।
देशको पश्चिम तथा मध्यका थोरै स्थानहरुमा र पूर्वीका १र२ स्थानहरुमा भारीको सम्भावन रहेको छ। राति देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ, देशका थोरै स्थानहरुमा भारि वर्षा हुनुका साथै एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ।



लाेकपाटी न्यूज
