ईञ्चार्जमा भागबण्डा : ४५ पूर्वएमाले, ३८ पूर्वमाओवादी (नामावली डाउनलाेड गर्नुहाेस्)

Prachanda-Oli.jpg01
लाेकपाटी न्यूज

काठमाडाैं, ५ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले इन्चार्जकाे भागबन्डा टुंग्याएकाे छ । नेकपाकाे आज बसेकाे सचिवालय बैठकले देशभरका ७७ जिल्ला र ६ महानगरपालिका इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको हाे ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका गरि ८३ इञ्चार्ज तथा सह–इञ्चार्जकाे टुंगो लगाएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले इन्चार्ज र सह–इन्चार्जमा पूर्व सहमति अनुसार नै भागबन्डा मिलाइएकाे जानकारी दिए ।

उनका अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् ।

1-converted