काठमाडौं । नेपाली कालाकारहरुले सामाजिक सञ्जालमा आफूलाई बूढो देखाइएका तस्वीरहरु शेयर गरेका छन्। केही दिनयता सामाजिक सञ्जालमा ‘फेसएप’को प्रयोग बढ्दो छ। बढ्दो ‘फेसएप’को प्रयोगसँगै सामाजिक सञ्जाल फेसबूक तथा इन्स्टाग्राममा एपका माध्यमबाट आफूलाई बूढो देखाइएका तस्वीरहरु शेयर गरेका गरिरहेका हुन्।
अभिनेता दीपकराज गिरी, केदार प्रसाद घिमिरे, मोडल नीति शाह, जितु नेपाल लगायतले यस्ता तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन्। अभिनेता दीपकराज गिरीले भने सामाजिक सञ्जाल फेसबूकमा एपका माध्यमबाट बूढो देखिएको तस्वीर शेयर गर्दै लेखेका छन्, ‘बिहान बिहान कुन चाहिँले काम पाएनछ, यस्तो बनाएर मलाई नै पठाएछ, बनाउन त बनायो ठीकै छ, तर मेरो हजुरबा भन्दा नि बूढो बनाएछ।’
अन्य कलाकारहरुले पनि रमालोको रुपमा लिँदै स्टाटस लेख्दै तस्वीरहरु शेयर गरेका छन्। तर विज्ञहरुले भने यो एपले मोबाइलको ग्यालरीका तस्वीरहरु चोर्न सक्ने चेतावनी दिएका छन्।
एन्ड्रोइड र आइफोन दुवै एपमा उपलब्ध यो एपले कुनै पनि तस्वीरलाई बूढो देखाउने गर्छ। सन २०१७ मै उपलब्ध यो एप एक रसियन कम्पनीले निर्माण गरेको हो। नेपाली कालाकारहरुले यसलाई रमाइलोको रुपमा लिइरहेका छन्।












लाेकपाटी न्यूज

