नेकपा सचिवालय बैठक शुरु, के स्कूल विभागमा सहमति जुट्ला ?

Nekapa sansadiya dal
लाेकपाटी न्यूज

काठमाडौं, ५ साउन। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाइने अपेक्षा गरिएको छ।

आइतबारको बैठकमा जिल्ला इञ्चार्ज तोक्ने, केन्द्रीय विभाग तथा आयोग, सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिस्ट मञ्च गठनलगायत विषय टुंग्याउने जनाइएको छ।

यसअघिको बैठकमा ३२ केन्द्रीय विभागमध्ये पूर्व एमालेले १८ र पूर्व माओवादीले १४ विभाग लिने गरी सहमति भएको थियो।