बिरामी शाहको मृत्युपछि नोबेल अस्पतालमा तनाव

nobell hospital pic
लाेकपाटी न्यूज

मोरङ, ५ साउन। विराटनगरमा रहेको नोबेल अस्पतालमा तनावग्रस्त भएको छ । उपचारको क्रममा बिरामीको ज्यान गएपछि अस्पतालमा तनाव सृजना भएको हो।

गएको बिहीबार उपचारका लागि अस्पताल भर्ना भएका सुनसरीको दुहबी नगरपालिका ६ का अनिल कुमार साहको ज्यान गएको थियो। खुट्टामा सामान्य चोट लागेपछि अघिल्लो बिहीबार नोबेल अस्पतालमा गएका अनिललाई अस्पतालले सामान्य ब्याण्डेज गरेर औषधी दिएको र एक हप्ता पछि आउन भनेको आफन्तको भनाइ छ।

त्यत्तिले खुट्टा ठिक नभएपछि यही बिहीबार फेरि अस्पतालमा आएका उनको डाक्टरहरुको सुझाव अनुसार शुक्रबार अप्रेसन भयो। अप्रेसन गर्नुभन्दा अगाडि सामान्य रहेका अनिल अप्रेसनपछि बेहोस भएको मृतकका भाई प्रदिप साहले बताए। शुक्रबार अप्रेसन गरिएका अनिललाई आइतबार बिहान मृत घोषित गरिएको थियो। अनिलको आइतबार बिहान ६ बजे नै मृत्यु भएको पुष्टि गरेको भए पनि आफन्तलाई ९ बजेपछि मात्र जानकारी दिइएकाले चिकित्सकको लापर्वाही भएको मृतकका भाइ प्रदिपको आरोप छ।

अस्पतालका डाक्टरको लापर्वाहीका कारण अनिलको ज्यान गएको बताउँदै अप्रेसन गरेर ल्याएपछि अनिलको आँखामा पट्टी बाँधिएको र हेर्न खोज्दा देखाउनसमेत नमानेको मृतकका परिवारको आरोप छ।अनिलको मृत्यु भएपछि अहिले नोबेल अस्पतालमा बिरामीका आफन्तले घेराउ गरेर प्रदर्शन गरिरहेका छन्। डाक्टरलाई कारबाहीको माग गर्दै उनीहरुले अस्पतामा नाराबाजी गरेका छन्। अस्पतालमा सुरक्षाका लागि व्यापक प्रहरी परिचालन गरिएको छ।

अस्पताल प्रशासनले भने अनिलको हृदयाघात भएर ज्यान गएको बताएको छ। अस्पतालका प्रशासन प्रमूख नारायण दाहालले बिरामीको हृदयघातका कारण मृत्यु भएको बताउँदै समस्या समाधानको लागि प्रयास जारी रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्