अमेरिकाको न्यूयोर्कमा संकटकाल घोषणा

Usa pic
लाेकपाटी न्यूज

अमेरिका, ५ साउन। अमेरिकामा केही दिन यता गर्मी एकाएक बढेको छ। आधीभन्दा बढी क्षेत्रको तापक्रम १०० डिग्री फरेनहाइट अर्थात ३७ डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ।

गर्मीका कारण विभिन्न ठाउँमा गरी ८जनाले ज्यान गुमाएको जनाइएको छ। मृत्यु हनेमा पूर्वी अमेरिकाको मेरिल्याण्डका ६ जना रहेका छन् भने मध्य अमेरिकाको अर्कान्सास र एरिजोनाका एक -एकजना रहेका छन्।

गर्मीका कारण अमेरिकाको पूर्वी तथा मध्यक्षेत्रका झण्डै २० करोड मानिस प्रभावित भएका छन्। पूर्वी न्युयोर्कलेखि मध्यपश्चिम मिनेसोटासम्म अत्याधिक गर्मी बढेको छ। गर्मीकै कारण न्युयोर्कमा आइतबारसम्मका लागि स्थानीय संकटकाल घोषणा गरिएको छ।

मानिसहरूलाई आवश्यक काममा बाहेक घरबाहिर ननिस्कन चेतावनी दिइएको छ। यसैगरी बाल्टिमोर, वासिंटन डिसीलगायतका कैयन सहरमा आपतकालीन योजनाहरू घोषणा गरिएका छन्। चिकित्सकहरूले गर्मीबाट जोगिनका लागि सुझाव दिएका छन्।