माइला लामा पक्राउ

maila-lama-biplab-leader pic
लाेकपाटी न्यूज

काठमाडौं, ५ साउन । विप्लव समूहका काठमाडौं उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ परेका छन्। काठमाडौंको काँडाघारीबाट शनिबार मध्यराति लामालाई प्रहरीले पक्राउ गरको हो।

महानगरीय अपराध महाशाखाका प्रमूख सहकुल थापाले लामा गएराति १२ः२० बजे पक्राउ परेको जानकारी दिए। लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन्। उनीहरुको साथबाट चारवटा मोबाइल र विप्लव समूहको दस्तावेज बरामद भएको एसएसपी थापाले जानकारी दिए।

माइला लामा काठमाडौंका नख्खु, अनामनगर, सुकेधारा लगायतका बिभिन्न स्थानमा भएका बम विस्फोटमा संलग्न रहेको प्रहरीको दाबी छ ।