अर्जुनचौपारी काठमाडौं समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

pic 3
लाेकपाटी न्यूज

काठमाडौं, ४ साउन । अर्जुनचौपारी काठमाडौं समाजद्वारा शनिबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन्। सामाजिक र मानवीय सेवा गर्ने अभियान अन्तर्गत रहेर आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा २ महिलासहित ३७ जनाले रक्तदान गरेका हुन्।

कार्यक्रमका प्रमूख अतिथिसमेत रहेका पूर्वसांसद धनराज गुरुङले कार्यक्रममा पूर्वसांसद धनराज गुरुङले समाज गठन गरेर दुःख सुखको साथी बन्ने लक्ष्य लिएकोभन्दै संस्थाप्रतिआभार प्रकट गरे। उनले सामाजिक कार्यमार्फत मानवीय सेवा गर्न समाजले देखाएको तत्परता निकै सराहनीय कार्य भएको बताए।

सामाजिक र मानवीय सेवाले अभिप्रेरित भई रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष राजेन्द्रप्रसाद चापागाईंले बताए। चापागाईंले संस्थाले आगामी दिनमा अझै सामाजिक, सांस्कृतिक तथा मानवीय सहायताका काम गर्दै अगाडी बढ्ने बताए।

काठमाडौंको क्यापिटल हिल कलेज टेकुमा भएको सो रक्तदान कार्यक्रममा रक्तदाताहरूलाई प्रमाणपत्र तथा सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको समूहका कार्य समिती कोषाध्यक्ष नवीन पौडेलले जानकारी दिए।

समाजमा स्याङजाको अर्जुनचौपारीबाट काठमाडौं उपत्यकामा बसोबास गरेका व्यक्ति संलग्न छन्। समाजले स्याङजा घर भई हाल काठमाडौं आई बसेका नागरिकलाई परेको समस्यामा सहयोग गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्