बुटवल, ४ साउन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारको काम-कारबाही प्रभावकारी नभएकोभन्दै मन्त्री परिवर्तन गर्न माग गरेका छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको पालैपालो सरकारको नेतृत्व गर्ने लगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने बताएका छन्।
प्रदेश ५ को बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले भने, ‘सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने गरी विगतमा तत्कालीन एमाले र माआवादी केन्दका नेताबीच पाँचबुँदे सहमति भएकै हो’,उनले भने, ‘सार्वजनिक नै भइसकेको विषय लुकाउनुपर्ने कुनै कारण छैन। विगतको यही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ।’
नेता पौडेलले सरकारमा ओलीको नेतृत्व परिवर्तन हुने र त्यो भूमिका पार्टीका अर्का अध्यक्ष प्रचण्डले गर्ने दाबी गरे। तर, सरकारको नेतृत्व परिवर्तनको समय भने आइनसकेको उनको भनाइ छ। नेता पौडेलले सरकार सुशासनको दिशामा कमजोर देखिएको बताए।



लाेकपाटी न्यूज

