कानून बनाउँदै बित्यो एक वर्ष

Health mantralaye
लाेकपाटी न्यूज

काठमाडौं, ४ साउन। आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा संविधानमा उल्लेख भएपछि त्यसको कार्यान्वयनका लागि ऐन, नियमावली, नीति तथा कार्य्विधि बनाउनमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वर्ष विताएको छ।

२०७५/७६ मा आधा दर्जनभन्दा बढी ऐन, नीति र नियमावाली तयार परेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार जनस्वास्थ्य सेवा ऐन २०७५ र राष्ट्रिय स्वास्थ्य नीति ०७६ लागू भइसकेको छ। जनस्वास्थ्य सेवा नियमावलीको सस्यौदा तयार भएको छ।

त्यस्तै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लागू गरिएको छ।
जनस्वास्थ्य सेवा नियमावली र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्य अधिकार नियमावलीको मस्यौदा तयार भएको मन्त्रालयका सचिव थपलियाले जानकारी दिए।
आजको अन्नपूर्ण दैनिकबाट।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्