सरकारले यातायात व्यवस्था प्राधिकरण गठन गर्दै

Raghubir Mahaseth
लाेकपाटी न्यूज

काठमाडौं, ३ साउन। सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने भएको छ। यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि भन्दै सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने भएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्राधिकरण गठनको तयारी शुरु भइसकेको र छिट्टै गठन हुने बताए। प्राधिकरण गठनका लागि विधेयक तयार भएको र आगामी हप्ता सो विधेयक संसदमा पेश गरिने महासेठको भनाइ छ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासेठले यातायात व्यवसायीहरुकै परामर्शमा सो प्राधिकरण गठन गर्न लागिएको बताए। मन्त्री महासेठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार लागि परेको पनि बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्