काठमाडौं, ३ साउन । परीक्षार्थीको नम्बर थपघट गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले आत्महत्या गरेका छन् । अख्तियारमा मुद्धा परेपछि उनले ६ तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
काठमाडौंस्थित त्रिपुरेश्वरको एक भवनको छैटौं तलाबाट हाम फालेर पाण्डेले बिहीबार आत्महत्या गरेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
लमजुङ घर भएका ६७ वर्षीय पाण्डे मुद्दा लागेपछि तनावमा थिए । उनी कानूनी परामर्शका लागि त्रिपुरेश्वरको एक ल फर्म पुगेका बेला हाम फालेर आत्महत्या गरेका हुन् । उनी त्रिवि सेवा आयोगका पूर्वकर्मचारी हुन् ।
पाण्डेसहित त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मालगायत १० जनाविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।



लाेकपाटी न्यूज

