धनगढी बम विस्फोट : विप्लव समूहले लियो जिम्मा

kailali b0mbispot 1
लाेकपाटी न्यूज

काठमाडौं, ३ साउन। कैलालीको धनगढीस्थित शहीद गेटमा भएको बम विस्फोटको जिम्मा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ।

विप्लव नेकपाको सेती–महाकाली ब्यूरोे इञ्चार्ज ‘निर्माण’ले एक विज्ञप्ती जारी गरेर घटनाप्रति दुःख व्यक्त गर्दै विस्फोटमा परी ज्यान गुमाएका व्यक्ति आफ्नो पार्टीका कार्यकर्ता भएको पुष्टि गरेका छन्।

यद्यपि, विप्लव नेतृत्को नेकपाका कैलाली इञ्चार्जले भने बम विस्फोटमा आफ्नो पार्टीको कुनै संलग्नता नभएको दाबी गरेका थिए। उनको दाबी गलत सावित हुने गरी विप्लव नेकपाका सेती–महाकाली ब्यूरो इञ्चार्जले बम विस्फोटमा ज्यान गुमाउने व्यक्ति रामबहादुर सिंह ‘आजेश० पार्टीको कार्यकर्ता भएको पुष्टि गरेका छन्।

विप्लव नेकपाको सेती–महाकाली ब्यूरोद्वारा जारी विज्ञप्तीमा सिंहले आत्म सुरक्षाका लागि विस्फोटक पदार्थ बोकेको जिकिर गरिएको छ।