काठमाडौं । विवाह पछि लामो समयदेखि बलिउडबाट टाढा रहेकी नायिका प्रियंका चोपडाको आज ३७ औँ जन्मदिन हो । सन् २०१८ मा अमेरिकी गायक निक जोनससँग विवाह गरेपछि प्रियंका बलिउड देखि टढा छिन् । बलिउडबाट टाढा रहेपछि उनले यसपालि भने आफ्ना फ्यानहरुलाई भने नयाँ फिल्म दिँदै छन् ।
यस वर्ष उनी अभिनित ‘द स्काई इज पिंक’ नामक चलचित्र रिलिज हुँदै छ । ३७ औँ जन्मदिनको अवसरमा उनी आफ्नो नयाँ फिल्मलाई लिएर खुसी साटेकी छन् । फिल्म अक्टोबर ११ का दिन प्रर्दशनमा आउँदै छ ।
१८ जुलाइमा जमशेदपुरमा जन्मेकी प्रियंका सानैदेखि निकै प्रतिभाशाली थिइन् । मिस इन्डिया हुँदै उनले मिस वर्ल्डसम्मको ताज पहिरिन सफल भइन् । बलिउडका साथै हलिउडमा पनि आफ्नो स्थान बनाउने ग्लोबल आइकन प्रियंका चोपडाले जुन सफलता हात पारेकी छिन् त्यो हरेक युवतीका लागि प्रेरणादायी छ ।
फिल्म अक्टोबर ११ का दिन प्रर्दशनमा आउँदै छ । यधपि, फिल्म चल्ने नचल्ने चैँ रिलिज पछि नै थाहा हुनेछ ।



लाेकपाटी न्यूज

