स्थानीय तहको मोवाइल एप सेवा

लाेकपाटी न्यूज

काठमाडौं, २ साउन । स्थानीय तहलाईका सेवा सुविधाबारे जनतालाई जानकारी दिन स्थानीय तहले मोवाइल एप निर्माण गरिरहेका छन् । अहिले सम्म ३९३ वटा स्थानीय तहले आफ्नो मोवाइल एप निर्माण गरिसकेका छन् ।

सर्वसाधारणसँग नजिक बनाउन, सुशासन कायम गर्न, पहुँच सहज बनाउने उदेश्यका साथ मोवाइल एप निर्माणमा स्थानीय तहले जोड दिइरहेका हुन् । मोवाइल एप संचालनबाट स्थानीय तहको वित्तीय तथ्यांक प्राप्तीमा पनि सहयोग पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

यसका साथै स्थानीय तहले वेवसाइट पनि निर्माणमा समेत जोड दिइरहेका छन् । केही स्थानीय तहले वेवसाइट समेत संचालनमा ल्याइसकेका छन् । यसैगरी, सरकारले सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्दैछ । त्यसका लागि अहिले देशभरका ९३० विद्यालय छनोट भइसकेको मन्त्रालयले उल्लेख गरेको छ ।

ती विद्यालयमा उपकरण जडान गरी विद्यालयलाई सुविधा सम्पन्न बनाउने योजना सरकारको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्