चितवन, १ साउन । विद्यालयभित्रै जाँड पार्टी गर्ने प्रधानाध्यापकसहित पाँच जना चितवनको रत्ननगरबाट पक्राउ परेका छन्। रत्ननगर ९ स्थित कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेलसहित ५ जना पक्राउ परेका हुन्।
असार मसान्तको क्लोजिङ सकेर विद्यालयकै हाताभित्र जाँडपार्टी गर्दै गरेको बेला प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो। जाँड खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले प्रधानाध्यापकसहित सह-प्रधानाध्यापक कृष्ण विलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ।
प्रहरीका अनुसार विद्यालय निर्माण गर्न बसेको ठेकेदारको स्टाफहरु बस्ने कोठामा रक्सीसहित पार्टी गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो।



लाेकपाटी न्यूज
