बुहारीले गरिन् सासुको हत्या

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काभ्रे, १ साउन । धुलिखेल नगरपालिका १ देवीटारमा मंगलबार राति बुहारीले वृद्ध सासुको हत्या गरेकी छिन्। राति १० बजे घरायसी बिवादका क्रममा सुन्तली तामाङले सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

उनका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे मृत्यु भएको हो। मादक पदार्थ सेवन गरेकी सासुसँग झगडा गरी हत्या गरेकी २४ वर्षीया जेठी बुहारी सुन्तलीलाई घटनालगत्तै नियन्त्रणमा लिई बनेपा इप्रका हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए।

सुन्तलीले ससुरा र श्रीमान्कै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काई सासुको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्