एक जिबीको मेमोरीलाई ६४ जिबी बनाएर बेचियो

लाेकपाटी न्यूज

ललितपुर। चीनबाट कर छली गरेर ल्याएको ५ करोडभन्दा बढी रकमको ममोरी कार्ड, पेन डा«इभर मोवाइल क्यामेरामा प्रयोग हुने सामानहरु ललितपुर प्रहरीले बरामद गरेको छ।

ललितपुरको सानेपामा रहेको जेएसएस मोवाइल कलेक्सन एण्ड सर्भिसिङ सेन्टरमा छापा मारेर ललितपुर प्रहरीले ती सामानसहित पसल सञ्चालक र ८ जना कामदारलाई नियन्त्रणमा लिएको छ। एसएसपी रविन्द्र धानुकका अनुसार पसलका सञ्चालक गोविन्द बंशल र मोहन बंशलले चाइनाबाट एक र दुई जिबीका मेमोरी कार्ड ल्याएर ३२ र ६४ जिबीको छाप लगाएर बजारमा बिक्री गरिरहेको छापा मार्ने क्रममा फेला परेको छ।

सञ्चालकद्वय भागेपनि प्रहरीले मोहन र गोविन्दकी श्रीमतीसहित ८ जना कामदारलाई पक्राउ गरी राजश्व अनुसन्धान विभागको टोलीलाई जिम्मा लगाएको छ। पसल सञ्चालक दुवै भारतीय नागरिक रहेको र उनीहरुको अर्को पसल काठमाडौंमा समेत भएको पाइएपछि प्रहरी टोली काठमाडौंको पसलमा समेत छापाका लागि गइसकेको धानुकले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्