काठमाडौं, ३१ असार। नेपाल कम्युनिष्ट पार्टीले सरकारले दमनको हतियार नकाम भएपछि वार्ताको झुटको खेती मच्चाएको बताएको छ। नेकपाले फेक इन्काण्टरमाथि पर्दा हाल्न झुटको खेती गरिएको दावी गरेको छ।
स्रोतका अनुसार पछिल्लो समय बिभिन्न ठाउमा नेपाल कम्युनिष्ट पार्टीका उच्च तहका नेतासँग वार्ता भएको प्रचारवाजी सुनियोजित र कपोलकल्पित हुन्। नेपाल कम्युनिष्ट पार्टीमाथिको दमन र उसका नेता कार्यकर्ता हत्याको सडक सदन र आम जनसमुदायले बिरोधमा उत्रिएपछि सरकारले यस्तो सुनियोजित प्रचार चलाएको नेकपाले दावी गरेको छ।
नेकपामाथिको दमन सरकारका निम्ति प्रत्युपादक भएपछि सरकारले वार्तालाई षडयन्त्रको हतियार बनाउन खोजेको बताउदै नेपाल कम्युनिष्ट पार्टीले यस्ता कपोलकल्पित र भ्रामक प्रचारमा विश्वाश नगर्न आम नागरिकलाई अपिलसमेत गरेको छ।



लाेकपाटी न्यूज

