कहिले हुँदैछ कोरियन भाषा परीक्षा पास गरेकाको सीप परीक्षण ?

लाेकपाटी न्यूज

काठमाडौं, ३१ असार । सन् २०२० मा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा उत्तिर्ण गरेका परीक्षार्थीको सीप परीक्षणको परीक्षा मिति सरेको छ ।

यो वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने कामदारको सीप परीक्षा मंसिर महिनामा हुने भएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जनाएको छ ।

ईपीएसको लिखित परीक्षामा पास भएकाहरुको सीप परीक्षा भदौ ४ देखि १८ गते हुने मिति तय भएको थियो । तर, कोरियाको एचआरडीले समय सार्न पत्राचार गरेपछि मिति सारेर मंसिर ४ गतेदेखि २९ गते सम्म हुने भएको शाखाले जानकारी दिएको छ । सीप परीक्षाको नतिजा भने पौष ४ गते सार्वजनिक हुने शाखाले जनाएको छ ।

ईपीएस मार्फत दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तिर्ण भएका छन् । जसमध्ये कोरियाको मानव संशाधन केन्द्रले ६ हजार ७ सय श्रमिकको मात्र रोष्टर (दर्ता) गर्ने जानकारी गराएको वैदेशिक रोजगार इपीएस शाखाले जानएको छ ।

एचआरडीले औद्योगिक क्षेत्रका लागि ४ हजार ७ सय र कृषिमा २ हजार जनालाई सीप परीक्षण सहभागि गराउन शाखालाई जानकारी गराएको शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्