काठमाडौं। आरक्षण बचाऔं आन्दोलनले आह्वान गरेको साउन २ र १० गतेको नेपाल बन्द फिर्ता भएको छ। नेपाल आदिवासी जनजाति महासंघले आरक्षण बचाउनका लागि विभिन्न जनप्रदर्शन लगायत नेपाल बन्दसम्मको कार्यक्रम सार्वजनिक गरेको थियो।
लोकसेवा आयोगले समावेशी सिद्धान्त विपरित विज्ञापन आह्वान गरेको र सो विज्ञापन खारेज गर्न माग गर्दै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, अल्पसंख्यक लगायतले आरक्षण बचाउ आन्दोलन गर्दै आएको छ।
देश बाढी पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिले आक्रान्त भइरहेका बेला बन्द हड्ताल गर्नु उचित नहुने ठानी अहिलेलाई स्थगित गरिएको महासंघका अध्यक्ष जगत बरामले बताएका छन्।
उनका अनुसार देशमा ६५ भन्दा बढी मानिसको मृत्यु, धेरै नागरिक विपत्तिमा परेकाले तत्काललाई बन्दको कार्यक्रम स्थगित गरिएको हो। बन्द फिर्ता लिए पनि अन्य जनप्रदर्शनका कार्यक्रम भने यथावत रहेको अध्यक्ष बरामले बताए।



लाेकपाटी न्यूज

