विप्लवसँग वार्ता गर्न सरकारका ३ सुत्र

Netra bikram chand Biplav
लाेकपाटी न्यूज

काठमाडौं, ३० असार । सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ। स्रोतका अनुसार भन्दै आजको नागरिक दैनिकले विप्लवसँग सरकारले वार्ता थाल्न तयारी थालेको दाबी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाले आ-आफ्नो विश्वासपात्र नेताहरुलाई परिचालन गरी विप्लव समूहलाई वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने तयारी गरेका हुन्।

स्रोतका अनुसार यसको जिम्ममा प्रधानमन्त्री ओलीले नेकपाका महासचिव विष्णु पौडल र तत्कालीन वार्ता संयोजक सोमप्रसाद पाण्डेलाई दिएका छन् भने पार्टीका अध्यक्ष दाहालले पूर्वगृहमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई र गृहमन्त्री थापाले नेकपाकै नेता एवं आफ्ना सल्लाहकार सूर्यप्रकाश सुवेदीलाई दिएको जनाइएको छ।