‘अरु वर्षको असार २९ जस्तो मन खुसी छैन’ : प्रधानमन्त्री ओली

KP sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी-पहिरोका कारण धेरैले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आइतबार आयोजना गरेको वि.सं २०७५ राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भाषिक-सांस्कृतिक एकताको सूत्रपात गर्ने आदिकविको २०६ औं जन्मजयन्तीमा भारी मन लिएर भए पनि पूर्वनिर्धारित कार्यक्रममा उपस्थित भएको बताए।
“यहाँ आउनुअघि पनि राहत र उद्धारमा के गर्न सकिन्छ भन्ने काममै थिएँ, प्रधानमन्त्री ओलीले भने।

व्यक्तिले आफू बाँचिरहेको बेलामा नै योगदान गर्नुपर्छ भन्दै उनले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, धरणीधर कोइराला, सिद्धिचरण श्रेष्ठलगायत साहित्यकारले आफ्नो समयमा आवश्यकतानुसारको कीर्ति राखेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्