मनसुनी गतिविधि कमजोर बन्दै, यस्तो छ मंगलबारसम्मको मौसम पूवार्नुमान

pre -mansun
रासस न्यूज

काठमाडौं, २९ असार । शुक्रबारदेखि सक्रिय रहेको मनसुन आइतबारबाट कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपालको तराई भू–भागमा अवस्थित रहेका कारणले मनसुनी गतिविधि सामान्य देखिए पनि विस्तारै कमजोर हुँदै जाने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए।आइतबार देशका पूर्व र पश्चिमी तराईका धेरैजसो स्थानमा मनसुनी वर्षा हुने छ।

भोलिबाट यो प्रणाली दक्षिर्ण तर्फ सर्ने र क्रमश कमजोर हुँदै जाने मौसमविद् श्रेष्ठले भने।जसले गर्दा नेपालमा भन्दा भारतमा मनसुनी गतिविधि सक्रिय हुने बताइएको छ।आइतबार देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलि सोमबार देशैभरि सामान्य बदली रही देशको केही स्थानमा हुने वर्षाको सम्भावना रहेको छ।खासगरी देशको मध्य क्षेत्रका केही स्थान तथा पूर्व र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।त्यस्तै मङ्गलबार देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्