कलेजहरुको अवस्था हेरेर शुल्क निर्धारण गर्नुपर्छ : मन्त्री यादव

Upendra Yadav
लाेकपाटी न्यूज

काठमाडौं, २९ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द यादवले मेडिकल कलेजहरुको शैक्षिक र भौतिक अवस्था अनुसार शुल्क निधारण गरिने बताएका छन्।आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मेडिकल कलेजको शुल्क निर्धारणका विषयमा सरकारले लागू गरेको शुल्क निर्धारणभन्दा भिन्न विचार राख्दै उक्त कुरा बताएका हुन्।

सरकारले काठमाडौं उपत्यकाभित्रका सबै मेडिकल कलेजमा ३८ लाख ५० हजार र बाहिरका मेडिकल कलेजमा भने ४२ लाख शुल्क निर्धारण गरेको छ।स्वास्थ्यमन्त्री यादवले मेडिकल कलेजहरुको क्षमता अनुरुप सिट निधारण हुनु पर्ने भन्दै एउटा कलेजले १ सय भन्दा बढी विद्यार्थी पढाउन पाईदैन भनेर विद्यार्थी संख्या घटाउन नहुने समेत बताए।

उनले एमबीबीएस प्रवेश परीक्षा सबै मेडिकल कलेजहरुको संयुक्त रुपमा हुनु पर्ने भन्दै यसलाई प्रदेश तहमा पनि लैजानु पर्ने बताए। चिकित्सा शिक्षा आयोग शिक्षा वा स्वास्थ्य कुन मन्त्रालय अन्तर्गत रहेको स्पष्ट पार्न सरकारलाई उनले आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्