महानगरवासीलाई ‘हाई अलर्ट’मा रहन प्रमूख दाहालको आग्रह

renu dahal
लाेकपाटी न्यूज

चितवन, २८ असार । भरतपुर महानगरपालिका प्रमूख रेनु दाहालले हालै परेको अविरल वर्षाका कारण हुन सक्ने डुबान, नदी, कटान र मानवीय एवम् भौतिक रुपमा हुने क्षतिप्रति सजग रहन महानगरवासीलाई आग्रह गरेकी छन्।

शनिबार महानगरपालिका प्रमूख दाहालले भरतपुरमहानगरपालिकाका दुई ठूला नदीहरू नारायणी र राप्तीले घेरिएको प्रसङ्ग उल्लेख गर्दै भारी वर्षासँगै दुबै नदीको बहाव तीव्र रूपमा बढिरहेको बताउँदै सबैलाई सजग र सतर्क रहन आग्रह गरेकी छन्।

प्रमूख दाहालले शुक्रबार मध्यान्नदेखि निरन्तर भइरहेको वर्षाका कारण महानगरपालिकाका तल्लो नदी तटीय क्षेत्रहरू डुबान र कटानमा पर्नसक्ने बताउँँदै यसलाई रोकथाम र नियन्त्रण गर्दै सम्भावित क्षतिको न्यूनिकरण गर्न भरतपुर महानगरपालिका विपद ब्यवस्थापन इकाइ, जिल्ला विपद ब्यवस्थापन इकाइ नेपाली सेना, नेपाल प्रहरी, सस्त्र प्रहरी बल नेपाल रेडक्रस सोसाइटी अन्य मानवीय सेवामा कृयाशील संघ संस्था नागरिक समाज सबैसँग समन्वय गरी तयारी अवस्थामा राखिएको बताइन् । आ–आफ्नो टोल छिमेक तथा समुदायमा हुने सक्ने विपदको यथाशीघ्र नजिकको वडा कार्यालय, जनप्रतिनिधि तथा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन समेत सबैलाई आग्रह गरिएको छ ।

सम्भावित जोखिम न्यूनिकरण र हुन सक्ने क्षेतिलाई नियन्त्रण, रोकथाम र पुनस्र्थापनाका लागि भरतपुरमहानगरपालिका समन्वयात्मक रूपमा तयारी अवस्थामा रहेको बताउँदै प्रमुख दाहालले वर्षा नियन्त्रणमा नआएसम्म नगरवासीहरूलाई नदी तटीय क्षेत्र वरिपरि नजान महानगरपालिकाले आग्रह गरेको छ ।

महानगर प्रमूख दाहालले कुनै पनि विपदका प्रकोपमा बालबालिका, वृद्धवृद्धा अपाड्गता तथा असाहाय बढी प्रभावित हुने बताउँँदै त्यस समुदायलाई विशेष ख्याल गर्न परिवारलााई आग्रह गरिन्। सम्भावित विपदको घडीमा समयमै सजग र सजग हुँदै आआफ्नो टोल छिमेकमा हुन सक्ने दुर्घटनामा उद्धार राहत र पूनस्र्थापनामा तत्काल जुट्न महानगरवासीलाई आग्रह गरेकी छन्।

भरतपुर महानगरपालिकाको नारायणी नदी तटीय क्षेत्र शिवघाटदेखि राप्ती र नारायणीको संगम स्थल गोलघाट, राप्तीको जगतपुर पटिहानी घडगाइ वडा न २५, २७, २८ वडाहरूको नदी तटीय क्षेत्रलगायतमा डुबान र कटानको समस्या रहेको हुनाले ती क्षेत्रका सबै संयन्त्रलाई हाईअलर्टमा राखिएको महानगरपालिकाले जनाएको छ ।

यस्तै वडा न २९ को पहाडी भागमा पनि पहिरोको जोखिम रहेको हुनाले त्यहाँको संयन्त्रलाई पनि हाई अलर्टको अवस्थामा राखिएको भरतपुर महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्