काठमाडाैं, २८ असार । केही दिनदेखिकाे अविरल वर्षाका कारण देशका विभिन्न ठाउँ तथा वस्तीहरु डुबानमा परेका छन्।
अविरल वर्षाका कारण सिर्जित बाढी, पहिराे र डुबानले पुर्याएकाे भाैतिक तथा मानवीय क्षतिप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दुख व्यक्त गरेकाे छ । नेकपाले आज एक विज्ञप्ति जारी गर्दै साे प्रति दुख व्यक्त गर्दै बाढी, पहिराे र डुबानमा परी ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली व्यक्त समेत गरेकाे छ ।
साथै घाइतेहरुकाे शीघ्र स्वास्थ्यलाभकाे कामना गर्दै नेकपाले शाेकाकुल परीवारजनमा गहिराे समवेदना समेत प्रकट गरेकाे छ । विज्ञप्ति जारी गर्दै नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले सिङ्गाे पार्टी पङ्त्तिलाई नै उद्दार कार्यमा जुट्न निर्देशन गरेकाे छन्।
पीडितहरुकाे राहत र उद्दार कार्यमा सरकारका तर्फबाट पहल भइरहेकाे जानकारी गराउँदै सत्तारुढ नेकपाले पार्टीका सबै तहका कमिटी, नेता तथा कार्यकर्ता र जनसंगठनहरुलाई पीडितहरुकाे उद्दारमा जुट्न निर्देशन दिएकाे हाे ।
विज्ञप्ति:




लाेकपाटी न्यूज

