कस्ताे हुन्छ प्लास्टिकको चामल, कसरी छुट्याउने ?

plastic chamal
लाेकपाटी न्यूज

एजेन्सी। आजभोली प्लाष्टिकको चामल आईरहेको कुरा हामीले जताततै सुनेका हुन्छौं। नक्कली चामलको प्रयोग स्वास्थ्यका लागि निकै नै हानिकारक छ। यसले प्रजनन प्रणलीमा बाधा पुर्‍याउनुका साथै पेटसम्बन्धि विभिन्न समस्याहरु निम्त्याउँछ। त्यसैले तपाईंले प्लाष्टिकको चामलबारे थाहा पाउन निकै आवश्यक छ।

आज हामी यसबारे तपाईंलाई जानकारी दिन प्लाष्टिकको चामल हो वा होइन सजिलै छ्ट्याउन सक्नुहुनेछ। यस्ता छन् ४ सरल तरिका।

१.एउटा चम्चामा तेल हालेर तातो बनाउनुहोस् र प्लाष्टिको चामल भए तैरिन शुरु गर्छ।

२.एक चम्चा चामललाई एक गिलास पानीमा हालेर राम्ररी चलाउनुहोस्,प्लाष्टिकको चामल हो भने तैरिन थाल्छ।

३.थोरै चामलाई पकाउनुहोस्, यदि कन्टेनरमाथि कुनै मोटो पत्र जमेको देखिन्छ भने त्यो प्लाष्टिकको चामलको कारणले हुन् सक्छ।

४.थोरै चामल लिएर त्यसमा सलाईंको काँटीले आगो लगाउनुहोस्। यदि त्यसबाट जलेको बास्ना आयो भने प्लाष्टिकको चामलको कारण हुन्सक्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्