दाङको ग्वार खोलाले बस बगायो

bus duban
लाेकपाटी न्यूज

दाङ, २८ असार। ग्वार खोलामा आएको बाढीले बस बगाएको छ। खोलामा धुँदै गरेको बसलाई एक्कासि आएको बाढीले बगाएको प्रहरीले जनाएको छ।

प्रहरीले चालक र सह–चालकलाई भने सकुशल उद्धार गरेको छ। ना ४ ख ३५६५ नम्बरको बसका चालक रमेश थापा र सह-चालक निर्मल पुनको सकुशल उद्दार गरिएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाही, सशस्त्र प्रहरीका डीएसपी रोमबहादुर कार्कीलगायतको टिम खोलामा पुगेर चालक र सह-चालकको उद्दार गरेको हो।

उद्धारमा खटिएका डीएसपी शाही खोलामा चिप्लिएर सामान्य घाइते भएका छन्। उनको टाउको र ढाडमा चोट लागेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्