पूर्वप्रधानमन्त्री माधव नेपालकाे घर डुब्याे

pic
लाेकपाटी न्यूज

रौतहट, २८ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको घर वर्षाका कारण डुबानमा परेको छ। सदरमुकाम गौर २ स्थित रहेको नेता नेपालको घरमा आएको बाढीले घर डुबानमा परेको हो।

अविरल वर्षापछि रौतहटमाको सदरमुकाम गौरसहित जिल्लाको ८० प्रतिशत भू-भाग डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बकैया र बागमतीको बाँध ठाउँठाउँमा भत्किँदा बाढीको पानी बस्तीमा प्रवेश गरेको छ।

निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिव एक हजार बढी घर भत्केका छन्। स्थानीयहरु सामुदायिक पक्की भवन र छिमेकीका पक्की घरमा शरण लिन पुगेका छन्।  लालवकैया खोलाको बाढीले बनुयाँद, कटहरिया र देबाहिगुनाही र बन्जारहा नजिक तटबन्धनै बगाएपछि सो क्षेत्रका करिव ६ हजार जनता डुबानमा परेका हुन्।

यस्तै बागमती नदिले गढिमाइ नगरपालिकाको दुई स्थानमा बागमती नदिले बाँध भत्काएपछि सो क्षेत्रसमेत डुबान भएको छ। भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो तटबन्ध दशगजामा निर्माण गरेपछि पानी थुनिएर सदरमुकाम गौर डुबानमा परेको हो। गौर सदरमुकाममा करिव एक तत्ला डुव्ने गरी बाढी पसेको छ। एक दर्जन प्रहरी युनिट स्थानान्तरण गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्