चितवन, २८ असार । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत त्रिशुली नदीमा ट्रक खस्दा बेपत्ता भएका सह–चालक अनिल गुरुङ मृत भेटिएका छन्।
सह–चालक दाङको घोराही बस्ने अन्दाजी २५ वर्षीय गुरुङको त्रिशुली नदी किनारमा दुर्घटना नजिकै शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एकनारायण काइरालाले जानकारी दिए।
रुपन्देहीको भैरहवाबाट दाना बोकेर काठमाडौं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक गएराति करिव साँढे १ बजे त्रिशुलीमा खसेको हो। ट्रक चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।



रासस न्यूज
