गुडिरहेको स्कूल बसमाथि सिंगै रुख खसेपछि…

School bus ma rukha
लाेकपाटी न्यूज

महेन्द्रनगर, २७ असार । कञ्चनपुरमा गुडिरहेको स्कूल बसमाथि रुख खसेको छ। शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको बसमाथि रुख खसेको हो।

बसमाथि रुख खसेपनि सबै विद्यार्थी सकुशल रहेका छन्। स्कूल बस वनसमितिबाट सिमलफाँटातिर विद्यार्थीलाई छाड्न गइरहेको थियो।

बसमा सवार २ जना विद्यार्थी सामान्य घाइते भएका र उपचार भइरहेको शुक्लाफाँटा नगरपालिका १ का वडा सदस्य परमानन्द जोशीले जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्