भारतीय दूतावासको पत्र मैले नै प्रधानमन्त्रीलाई देखाएको हुँ : कृषिमन्त्री खनाल

chakrapani khanal
लाेकपाटी न्यूज

काठमाडौं, २७ असार । कृषिमन्त्री चक्रपाणि खनालले भारतीय दूतावासले पठाएको पत्र आफूले नै प्रधानमन्त्रीलाई देखाएको बताएका छन्। विषादी प्रकरणमा भारतीय दूतावासले पठाएको पत्र प्रधानमन्त्रीलाई आफैले देखाएको बताएका हुन्।

दूतावासको पत्रबारे जानकारी नगराउँदा आफूले आएको छैन भनेको र सार्वजनिक रुपमा लज्जित हुनु परेको भन्दै प्रधानमन्त्रीले माफी मागेका थिए। कृषिमन्त्री खनालले भारतीय पत्रबारे प्रधानमन्त्रीलाई जानकारी नगराएको पाएपछि आफूले नै देखाएको बताएका छन्।

शुक्रबार बिहान विषादी परिक्षण प्रयोगशाला पुगेका मन्त्री खनालले भने, ‘यो पत्र आउँदा म बाहिर थिएँ। परराष्ट्रलाई लेखिएको पत्रको बोधार्थ सबैतिर लेखियो।’ उनले भने, ‘पत्र आएको थाहा पाएपछि सम्माननीयज्यू (प्रधानमन्त्री)लाई मैले भनेको थिएँ, पत्र आएको रहेछ। मैले कृषि मन्त्रालयमा त भेटेँ भनेपछि उहाँले खोई हेरौं त भन्नुभयो । हेर्नुभयो र पत्र त आएको रहेछ, समयमा जानकारी भएन भन्नुभयो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्