प्रसूति कक्षबाटै शिशु चोरी

sutkari pic
लाेकपाटी न्यूज

काठमाडौं, २७ असार । बुधबार मध्यरात १३ दिने नवजात शिशु चोरी भयो। त्यही पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति कक्षबाटै। जब आमाले छोरो हराएको थाहा पाइन् तर हल्लीखल्ली मच्चियो।

त्यसको तीन घण्टामै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई बच्चा आमाबुबाको जिम्मा लगाएको छ। सुनसरी भोक्राहा नर्सिङ १ की बबिता मेहताले असार १३ मा छोरो जन्माएकी थिइन्। शल्यक्रिया गरी प्रसुति गराइएको थियो। स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई अस्पतालमै राखिएको थियो।

बुधबार बिहानसम्म उनका श्रीमान् दीपनारायण हेरचाहमा खटिएका थिए। राति भने भतिज रोशनलाई रेखदेखको जिम्मा लगाई उनी घर गएका थिए। बबिता र रोशन निदाएका बेला शिशु चोरी भएको हो।

बिउँझिदा बच्चा नदेखेपछि बबिताले रोइकराइ गरेकी थिइन्। त्यसपछि प्रतिष्ठानका डाक्टर र नर्सले त्यसबारे चाल पाएका थिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्