सचेत रहौं, यस्तो छ आजको मौसम पूर्वानुमान

mausam-1
लाेकपाटी न्यूज

काठमाडौं, २७ असार । देशका धेरैजसो भूभागमा शुक्रबार पनि ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार मध्य र पूर्वका केही ठाउँमा भारी वर्षा हुने भन्दै सतर्क रहन महाशाखाले आग्रहसमेत गरेको छ।

मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाकी मौसमविद् विभुति पोखरेलले बताइन्। ‘अहिले देशभर लगातार मनसुनी वर्षा भैरहेको छ।’ मौसमविद् पोखरेलले भनिन् ‘यो अझै केही दिनसम्म जारी रहन्छ।’ उनका अनुसार शुक्रबार देशैभर बदली हुने र धेरै ठाउँमा पानी पर्ने सम्भावना छ।

देशका पश्चिमी भूभागका केही ठाउँ, मध्य र पूर्वका धेरै ठाउँमा वर्षा हुने केही स्थानमा अति ठूलो वर्षा हुने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।  शुक्रबार राति पनि पूर्ण बदलीको सम्भावना रहेकोले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ ।

यस्तै, पानीसँगै हावाहुरी पनि चल्ने भएकाले थप सतर्कता अपनाउन मौसमविदको आग्रह छ । शुक्रबार दिनभर पानी पर्ने क्रम नरोकिने भएकाले नदीहरुमा जलको वहाव, स्तर बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने पनि महाशाखाको सूचनामा उल्लेख छ। साथै, देशभर हवाई तथा सडक यातायातमासमेत अवरोध आउने सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्