काठमाडौं, २६ असार । सरकारले सरोजनारायण सिंहको पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सिंहको परिवारलाई राहत स्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए।
मन्त्रीपरिषदको निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो घटनामा घाइते भएकाहरुको उपचारको पनि सरकारले व्यवस्था गर्ने बताए।



लाेकपाटी न्यूज

