चितवन, २६ असार । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा रंगशाला निर्माण गर्न वातावरण बनेकोले निर्माणको कामलाई निरन्तरता दिने बताएको छ।
बिहीबार जारी विज्ञप्तिमा चितवनमा रंगशाला निर्माणको लागि सर्वपक्षीय पाँच हजार एक सदस्यीय सहयोग समिति गठन भएकोले पनि उपयुक्त वातावरण बन्दै गएको उल्लेख गरिएको छ।फाउण्डेसनले पछिल्लो समयमा चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन सहयोग रकम जुटाउने परिस्थिति पनि बन्दै गएको अनुभूति गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
त्यस्तै, फाउण्डेसनले आफूहरुको अभियान राष्ट्र र भावी सन्ततीका लागि भएको बताएको छ। विज्ञप्तिमा चितवनबासीको इच्छा, चाहना, अनुरोध र प्रतिबद्धताप्रति फाउण्डेसनको पूर्ण सम्मान र समर्थन रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘जे नहुनु थियो भयो। त्यस गल्तीलाई सच्याउन त नसकिएला तर नदोहोरियोस् भन्ने फाउण्डेसनको आशा छ।’





लाेकपाटी न्यूज

