काठमाडौं, २६ असार । मानिसहरू समान्य सूचना नपाएर पीडित बनिरहेका हुन्छन्। अहिले वर्षा यामको समयमा त छिनछिनमा वर्षा हुने र रोकिने हुन्छ। कतिपय अवस्थामा हुरीसहितको पानी पनि परिरहेको हुन्छ।
यात्रा गर्ने मानिसहरूले मौसमबारे जान्नु अति आवश्यक हुन्छ। हामीले नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अबको तीन दिनको मौसमको पूर्वानुमान गरेको बुलेटिन यहाँ प्रस्तुत गरेका छौं।
मौसम पूर्वानुमान बुलेटिन
(जारी मितिः २०७६-०३-२६, बिहान ६ बजे)
मौसम विश्लेषण
हाल मनसुन न्यूनचापिय रेखा नेपालको नजिक रहेको छ। आगामि २४ घण्टासम्म पनि मनसुन न्यूनचापिय रेखा नेपालको पूर्वदेखि पश्चिम तराई भू(भागमा रहिरहने देखिन्छ।
देशभर समग्र मौसमको अवस्था
हाल देशभर पूर्ण बदली रहि मध्य र पूर्वका केही स्थानहरु र पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनि वर्षा भैरहेको अवस्था छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असार २६ गते (बिहिबार)
दिउँसो : देशका अधिकांश भू-भागमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशको पश्चिमि भेगका एक-दुई स्थानहरुमा र मध्य र पूर्वी नेपालका थोरै स्थानहरुमा भारि वर्षाको संभावना।
राती : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू(भागमा वर्षाको सम्भावना छ। देशको केहि स्थानहरुमा भारि वर्षाको संभावना छ।
असार २७ गते (शुक्रबार)
दिउँसो : देशका अधिकांश भू-भागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुका साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ।
राती : देशका अधिकांश भू(भागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ।
असार २८ गते (शनिबार)
दिउँसो : देशका अधिकांश भू(भागमा बदली रहनेछ। देशकाधेरै स्थानहरुमा वर्षा हुनुका साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ।
राती : देशका अधिकांश भू(भागमा बदली रहनेछ। देशकाधेरै स्थानहरुमा वर्षा हुनुका साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर मनसुनी वर्षा जारी रहने देखिन्छ। साथै देशको पश्चिमि भेगका एक-दुई स्थानहरुमा र मध्य र पूर्वी नेपालका थोरै स्थानहरुमा भारि वर्षाको संभावना भएकोले ती क्षेत्रका नदिहरुमा जलको बहाव, स्तर बढ्न सक्ने र पहाडि क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्नेछ।



लाेकपाटी न्यूज
