काठमाडौं, २५। भारतको गोवा राज्यले बिवाहअघि एचआईभी परीक्षण अनिवार्य गर्ने भएको छ। गोवाका स्वास्थ्यमन्त्री विश्वजीत राणेले युगल जोडीहरुलाई बिवाह अघि एचआइभी परीक्षण अनिवार्य गर्ने योजना बनिरहेको बताएका हुन्।
सरकारले अनिवार्य परीक्षणका लागि नून ल्याउने तयारी गरेको उनले बताए। अहिले बिवाह दर्ता गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था रहेको छ। स्वास्थ्य मन्त्रालयको कानून शाखालाई विधि विभागबाट कानून बनाउने मन्जुरी पाएपछि आगामी मन्सून सत्रमा यसलाई विधानसभामा प्रस्तुत गर्न सकिने उनले बताए।
वर्ष २००६ मा समेत तत्कालिन कांग्रेस सरकारले यस्तै प्रकृतिको कानूनको निर्माण गरेपनि बिभिन्न पक्षले त्यसको बिरोध गरेका थिए।भारत दक्षिण अफ्रिकापछि एचआईभी संक्रमणमा दोश्रो ठूलो देशका रुपमा रहेको छ। भारतका अन्य राज्यमा भने एचआईभीको अनिवार्य परीक्षणको कानून बनेको छैन।
कतिपयले व्यक्तिगत स्वतन्त्रतामाथि हमला भन्दै यसको बिरोध गरेका छन्। तर, अनिवार्य परीक्षणबाट लाखौं व्यक्तिको जीवन जोगिन सक्ने भन्दै यसका पक्षधरले कानूनको समेत वकालत गर्दै आएको देखिन्छ।



लाेकपाटी न्यूज

