इटहरी, २४ असार। विभिन्न प्रकरणमा चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको दाँतमा लागेको ढुंगो थियो, आफ्नै घरको संरचना सडक मिचिएर बनाइएको संरचना।
पत्रकारको नाकको डाँडी भाँच्ने, माफी माग्ने, अश्लिल अभिव्यक्ति लगायतका विभिन्न प्रकरणका कारण समर्थन र विरोधको विवादमा परेका उनले भनेका थिए– इटहरीमा सडक मिचेका भौतिक संरचना भत्काउने। तर, उनकै घरको संरचनाले सडक मिचेको समाचार आएपछि विवादमा तानिएका थिए।
चौधरीले उक्त विवाद निरुपण गरी आफ्नो घोषणा कार्यान्वयन गर्न आफ्नै संरचनामा डोजर चलाएका छन्। सडक मिचिएको कम्पाउन्ड वाल भत्काएर उनले अभियानलाई सुरु गरेका हुन्।
उनको उक्त कामको धेरैले प्रशंशा गरेका छन्। आफूबाटै सुधारको काम गरेको भन्दै उनको अभियानमा साथ दिने कतिपयले बताएका छन्।



लाेकपाटी न्यूज

