अखिलले भन्यो : ‘योग्यलाई अवसर देउ, विश्वविद्यालयमा भागबण्डा नगर’

akhil student
लाेकपाटी न्यूज

काठमाडौं। सत्तारूढ नेकपाको भ्रातृसंगठन अनेरास्ववियूले सवै विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धावाट छान्न माग गरेको छ। त्रिभुवन विश्वविद्यालय लगायतका अधिकांश विश्वविद्यालयका पदाधिकारीहरुको म्याद सकिन लाग्दा अनेरास्ववियूले यो माग अघि सारेको हो।

आज मंगलबार शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलललाई अनेरास्ववियूका कार्यवाहक संयोजक रञ्जित तामाङ नेतृत्वको टोलीले मागपत्र वुझाएको हो। मागपत्रमा विश्वविद्यालय राजनीतिक खिचातानी र भागवण्डाको क्रिडास्थल वनेकाले समस्या बढेको आरोप लगाइएको छ।

मन्त्री पोखरेललाई वुझाइएको मागपत्रमा भनिएको छ ‘विभिन्न विश्वविद्यालयमा पदाधिकारीदेखि लिएर क्याम्पस प्रमुखसम्मको नियुक्ति दलीय वफादारिता र भागवण्डाको आधारमा हुने प्रवृत्ति अन्त्य गर्द‌ै विद्यमान ऐन संशोधन गरेर यसपटकवाटै लागू हुनेगरी खुला प्रतिस्पर्धाको आधारमा पदाधिकारी छनौट हुने ब्यवस्था मिलाइयोस्।’

विभिन्न विश्वविद्यालयहरुमा परिक्षा , भर्ना , सम्वन्धन , नियुक्ति लगायतका क्षेत्रमा देखिएका ज्वलन्त समस्याहरु अविलम्ब समाधान गर्न माग गर्दै मागपत्रमा भनिएको छ ‘विश्वविद्यालयहरुको शाख र गरिमा धुमिल पार्ने भ्रष्ट पदाधिकारी तथा कर्मचारीहरुलाई कडा कार्वाही गरियोस्।

निजी क्षेत्रवाट संचालित कक्षा १२ सम्मका संस्थागत विद्यालयहरुले २० प्रतिशत विद्यार्थीलाई निस् शुल्कीय छात्रवृत्ति दिनुपर्ने माग समेत राखिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले वताए। अनेरास्ववियूले कक्षा ११ को चर्को शुल्कवृद्धि खारेजीको पनि माग गरेको छ।

akhil student

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्