एसईई पास भएको खुसीयालीमा करिष्माले दिइन् पार्टी

karishma party
लाेकपाटी न्यूज

काठमाडौं, २४ असार । एसईईमा पास भएको खुसीयालीमा नायिका करिष्मा मानन्धरले पार्टी दिएकी छिन्।भर्खरै एसईईमा बि प्लस जिपिए पास गरेकी अभिनेत्री करिष्मा मानन्धरले सो खुसी सबै माँझ साट्दै शनिबार ज्ञानेश्वरको एटिक रेष्टुरेन्टमा पार्टी दिएकी हुन्।

उनले सँगै पढेका स्कूले साथी भाई र स्कूलका गुरुहरु तथा फिल्मक्षेत्रका सहकर्मीलाई पार्टी दिएकी थिइन्।पार्टीमा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, वितरक गोपालकाजी कायस्थ, कोरियोग्राफर, गोविन्द राई, अभिनेता भुवन केसी, रमेश उप्रेती, अभिनेत्री नम्रता श्रेष्ठ, शिल्पा पोखरेल, छुल्ठिम गुरुङ, कविता गुरुङ, पत्रकार विजयरत्न तुलाधर, निर्देशक दीपाश्री निरौला लगायत पुगेका थिए।

एसईई पास भएपछि थुप्रै प्राइभेट कलेजमार्फत आफ्नो लागि अध्ययन प्रस्ताव आएको बताउँदै आएकी करिष्माले आफू सरकारी कलेजमा पढ्ने तयारी गरेको बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्